कञ्चनपुरमा करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट बुधवार जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका–४ का शिवायसिंह रानालाई गुलरीयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। राना २०७८ चैत ७ गते देखि फरार रहेको थिए। उनलाई अदालतले जबरजस्ती करणी मुद्दामा दुई महिना १९ दिन कैद सजाय सुनाएको थियो।

उनलाई सजाय भुक्तानको लागी कारागार चलान गरिएको छ।

Deep Jyoti Pustak psl
Loading...