करेन्ट लागेर घाइते भएका चौधरीको उपचारको क्रममा मृत्यु

अत्तरिया : कैलालीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका–४ बिजुलीयाका ४० वर्षीय खुसीराम चौधरीको करेन्ट लागेर शुक्रवार साँझ मृत्यु भएको हो।

आफ्नै घरको पंखामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

Dhangadhi 2081
Loading...