मोटरसाईकलको ठक्करबाट धनगढीकी एक महिला घाइते

अत्तरिया : वनगाउँमा सामान किन्न गएकी वृद्ध महिलालाई ठक्कर दिएर भारतीय नम्बर प्लेटको मोटरसाईकल चालक फरार भएका छन्।

दैनिक उपभोग्य सामग्री किन्न भारतको वनगाउँ गएकी धनगढी–३ बोराडाँडीकी ६८ बर्षिया देवकी धानुकलाई त्यहाँको बजार नजकै ठक्कर दिएर चालक मोटरसाईकल सहित फरार भएका हुन्।

वनगाउँबाट गौरिफण्टा नाकासम्म यात्रु ओसार्ने काम गर्दै आएका मोटरसाईकल चालकले हिड्दैगरेको अवस्थामा ठक्कर दिएर फरार भएको घाइते महिलाका छोरा प्रकाश धानुकले बताए।

दुर्घटनामा परी आमाको हात र खुट्टा भाँचिएको उनले बताए। हाल धनगढी स्थित मायामेट्रो अस्पतालमा आमाको उपचार भइरहेको छोरा प्रकाशले बताएका छन्।

घटना स्थल नजिकै धेरै नेपाली थिए,’ उनले भने, ‘ती मध्य कसैले मोटरसाईकलको नम्बर पहिचान गरेको भए जानकारी गराई सहयोग गरिदन अनुरोध छ।’ आमाको उपचार गर्न आफुलाई आर्थिक अभाव रहेको उनले बताए।

चालकको भारतीय प्रहरीले खोजीकार्य गरिरहेको कैलाली प्रहरीले जनाएको छ।

Dhangadhi 2081
Loading...