कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अत्तरिया : कैलालीस्थित धनगढीमा दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका श्याम बिनाडीको दुर्घटनामा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार २८ वर्षीय बिनाडी सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ७६७८ नम्बरको मोटरसाइकल आइतवार बिहान रुखमा ठोकिएको हो।

Loading...