धनगढीबाट लाखौँको अवैध सामान बरामद

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाबाट एक लाख ३४ हजार मूल्य बराबरका अवैध सामान बरामद गरिएको छ। प्रहरीको गस्ती टोलीले शनिवार विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ को शिखर टोलबाट ४२ हजार मूल्यका लेडिज सुट, प्लाजु सुट, मिठाई, वडा नम्बर ३ पुरानो भन्सार कार्यालय नजिकबाट ४६ हजार चार सय मूल्यका लेडिज सुट, चिनी लगायतका सामानहरु, वडा नम्बर २ पुरानो भन्सार रोडबाट १० हजार पाँच सयका बिडी, गुट्का, सुर्ती लगायतका सामानहरू र वडा नम्बर १० चकमेलीघाटबाट ३५ हजारका लेडिज सुट, स्पोर्ट जुता, मिस्री लगायतका सामानहरू प्रहरीले बरामद गरेको हो।

शनिवार एकै दिन धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट एक लाख ३३ हजार नौ सय मूल्यका समान प्रहरीले बरामद गरेको छ।

भन्सार छलीका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, कैलाली बुझाइने छ।

Dhn_Laingik Hinsa 2082
Loading...