आज ४३औँ विश्व खाद्य दिवस मनाइँदै

काठमाडौं : सोमबार ४३ औँ विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘जीवन र खाद्यको आधार पानी’ भन्ने नाराका साथ नेपालमा यो दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओद्वारा सन् १९४५ मा विश्व खाद्य दिवस मनाउन थालिएको हो । नोभेम्बर १९७९ मा भएको २० औँ एफएओ सम्मेलनमा यसलाई मान्यता दिइएको हो । त्यसयता हरेक वर्षको अक्टोबर १६ को दिन विश्वभर खाद्यान्न संकट र भोकमरीविरुद्ध ऐक्यबद्ध भई लड्न विश्व खाद्य दिवस मनाइन्छ ।

दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश जारी गर्दै खाद्य सुरक्षा र भोकमरी अन्त्यका लागि सरकारले काम गरिरहेको बतएका छन् ।

नेपालले पछिल्ला २३ वर्षमा खाद्य सुरक्षामा प्रगति हासिल गर्दै आएको छ । विश्व स्वास्थ्य संगठनले विभिन्न स्रोतहरुमार्फत् संकलन गरेको तथ्यांकअनुसार नेपाल विश्व भोकमरीको सूचीमा ६९औँ स्थानमा छ । यो सूचीमा नेपालको स्थान प्रत्येक वर्ष सुधार हुँदै आएको छ ।

Dhangadhi 2081
Loading...