इजरायलबाट उद्धार गरिएका ७ जना महेन्द्रनगर आइपुगे

त्तरिया : इजरायलबाट उद्धारमार्फत दिल्ली आएका नेपालीहरू बुधबार बिहान महेन्द्रनगर आइपुगेका छन् । दिल्ली आएका १८ मध्ये ७ जना गड्डाचौकी नाका हुँदै महेन्द्रनगर आएपुगेका हुन्। दिल्लीस्थित नेपाली दूतावासले उनीहरूलाई सवारी साधनको व्यवस्थासहित घर पठाएको हो ।

बुधबार महेन्द्रनगर आइपुग्नेमा कैलाली टीकापुरका नन्दसिंह पुन, नुवाकोट लिखुका राजकुमार मानन्धर, काठमाडौंका लक्ष्मी दुलाल, मोरङ उर्लाबारीका निश्चल सिंह, पाल्पाकी दिलकुमारी अधिकारी, ललितपुरकी ममता थापा र स्याङ्जाकी अस्मिता गुरुङ रहेका छन् ।

नेपाली दूतावाससँग सहकार्य गरेर दिल्लीमा यातायात व्यवसाय गरिरहेका वीरबहादुर बोहोरा उद्धार गरिएका नेपाली लिएर महेन्द्रनगर आएका थिए ।

उनका अनुसार १८ जनामध्ये अन्य दिल्लीबाट जहाजमार्फत काठमाडौं हुदै आ–आफ्ना घर फर्किनेछन् ।

महेन्द्रनगर आइपुगेका सबैलाई बुधबारै घरतर्फ पठाइने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

‘हामीले यातायात व्यवसायीसँग सहजीकरण गरेर यहाँ पुगेकालाई गन्तव्यसम्म पठाउने व्यवस्था मिलाउँछौं,’ उनले भने, ‘दिल्ली आइपुगेका १८ मध्ये ११ जना हवाई यातायातबाट काठमाडौं जाने भएपछि ७ जना मात्रै यो नाकाबाट आएका हुन् ।’

Dhangadhi 2081
Loading...