नेपाल किर्गिस्तानसँग पराजित

काठमाडौं : नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू-२० च्याम्पियनसिपमा बिहीबार किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको छ ।

श्रीलंकाको कोलम्बोमा सुरुआती दुई सेट २३-२५, २१-२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट २५-२१, २५-२२ ले आफ्नो पक्षमा पारेको थियो । पाँचौं तथा निर्णायक सेटमा भने नेपाल १७-१९ ले पछि पर्यो ।

नेपालले चार खेलमा सात अंक जोडेको छ । यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३-१ सेटको हार ब्यहोरेको थियो ।

किर्गिस्तानको चार खेलबाट चार अंक छ । यसअघि उज्वेकिस्तान र तुर्केमेनिस्तासँग समान ३-० को पराजय ब्यहोरेको किर्गिस्तानले श्रीलंकाविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकालेको थियो ।

अब नेपालले लिग चरणको अन्तिम खेलमा आज तुर्केमेनिस्ताको सामना गर्नेछ ।

Deep Jyoti Pustak psl
Loading...