आज एनपीएलमा पोखरा र जनकपुर तथा काठमाण्डौ र सुदूरपश्चिम खेल्दै

 

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई वटा खेल हुने भएका छन । आठौं खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स तथा नवौं खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको हो ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससँग खेल्दैछ । यसअघि पोखरा चितवन राइनोजसँग पराजित भएको टोली हो भने जनकपुरले अहिलेसम्म खेलेका दुईवटै खेल जितेको छ ।

 

आजै दोस्रो खेलमा दिउँसो १ बजे काठमाण्डौ गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । यसअघि जनकपुरसँग हारेको काठमाण्डौले हिजो कर्णाली याक्सलाई पराजित गरेको छ । सुदूरपश्चिम भने विराटनगर किंग्सलाई हराएको टोली हो ।

Deep Jyoti Pustak psl
Loading...