अत्तरिया : कैलालीको अत्तरियाबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।
शुक्रबार गोदावरी नगरपालिका-२ लोटस गल्ली स्थीत योगेन्द्र सिह धामीको कोठाबाट गोदावरी -२ तेघरीका सुरेन्द्र भट्ट र धिरेन्द्र धामी पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ९० मिलिग्राम लागुऔषध (हेरोईन) बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।