एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्ने, कसले जित्ला पहिलो उपाधि

धनगढी : सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् । बिहीबार भएको क्वालिफायर टु मा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधि भेट पक्का गरेको हो ।

यसअघि बुधबार भएको क्वालिफायर वान मा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । लिग चरणमा शीर्ष दुई स्थानमा रहेको दुई टिम नै अन्ततस् फाइनलका प्रतिस्पर्धी भएका हुन् । यी दुई टोली लिग र प्लेअफमा गरी दुई पटक भेट हुँदा दुवै पटक सुदूरपश्चिम विजयी भएको थियो ।

तेस्रो भेटमा पनि सुदूरपश्चिम हावी होला वा जनकपुरले बदला लेला त्यसका लागि भने शनिवारको फाइनल नै कुर्नुपर्नेछ । सुदूरले लिग चरणमा खेलेको ७ मध्ये ६ खेल जितेको थियो भने चितवन राइनोजसँग मात्र पराजित भएको थियो ।

जनकपुरले लिग चरणमा चितवनसहित सुदूरपश्चिमसँग पनि हार व्यहोरेको थियो । जनकपुरले लिग चरणमा ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा रहेको थियो । प्लेअफमा पनि पहिलो खेल हारेको जनकपुरले अर्को खेल जित्यो । सुदूरपश्चिमले समूह चरणमा लयलाई कायम राख्दै क्वालिफायर वान जितेर फाइनल पुग्ने पहिलो टोली बन्दा जनकपुरले पाएको अर्को अवसर सदुपयोग ग¥यो ।

कर्णाली याक्स एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गरेर क्वालिफायर टु मा पुगेको थियो । जनकपुरले पाएको अवसरमा कर्णालीलाई लो स्कोरिङ खेलमा पराजित गरेको हो ।

Loading...