बालगायक सचिन परियारको निधन

काठमाडौँ : बालगायक सचिन परियारको निधन भएको छ । १३ वर्षीय परियारको स्वास्थ्यमा जटिल समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आज बिहान १० बजे उनको निधन भएको बताइएको छ ।

Krishnapur,Kanchanpur

गाउँले शैलीमा बोल्ने र गीत गाउने सचिन भाइरल बालगायकका रुपमा परिचित विशेष गरेर सामाजिक सञ्जालमा निकै लोकप्रिय थिए । उनले थुप्रै गीत गाएका छन्, भने केही म्युजिक भिडियो र टेलिशृङ्खलामा अभिनयसमेत गरेका छन् ।

हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन् ।

गुल्मीबाट पढाउन भनेर विभिन्न सङ्घ-संस्थाले सचिनलाई काठमाण्डौ ल्याएका थिए । उनको पढाइ र उपचारका लागि भनेर लाखौं रुपैयाँ उठेको थियो । तर त्यो पैसा सचिनको पढाइ र उपचारमा नभई उनका परिवारले फजुल खर्च गरेको भन्दै आलोचना पनि भएको थियो ।

Dhangadhi Upamahanagar
Loading...