आशिका तामाङ २० हजार तिरेर छुटिन्

काठमाडौँ : सामाजिक अभियन्ता बताउने आशिका तामाङ २० हजार धरौटीमा छुटेकी छिन् ।

Dhangadhi_Tihar 2083

भक्तपुर जिल्ला अदालतले शुक्रवार तामाङलाई २० धरौटीमा रिहा गर्न आदेश दिएकामा उनी उक्त रकम तिरेर छुटेकी हुन् । छुटेपछि उनले आफ्नो अभियान जारी रहने बताएकी छिन् ।

आपराधिक उपद्रवको कसुरमा न्यायाधीश सन्तोषप्रसाद पराजुलीको इजलासले उक्त आदेश गरेको हो ।

उनले केही समयअघि भक्तपुरको साँगामा सूर्यविनायक नगरपालिकाले निर्माण गरेको झोलुंगे पुलको टिकटका विषयमा प्रश्न उठाएकी थिइन् । टिकट च्यातेपछि उनीविरुद्ध जाहेरी परेको थियो ।

Loading...