हमासले शनिबार थप ६ इजरायली बन्धक रिहा गर्ने

एजेन्सी : हमासले आगामी शनिबार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ। उत्तरी गाजामा मानिसहरूलाई फर्किन इजरायलले अनुमति दिने बदलामा थप बन्धकलाई यो हप्ता रिहा गर्न लागेको हो।

इजरायल र हमासले शनिबार जारी युद्धविराम सम्झौताको पहिलो चरणमा गाजामा बन्दी रहेका बाँकी ६ बन्धकलाई रिहा गर्ने सहमति गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ। इजिप्टको राजधानी कायरोमा भएको वार्तापछि नयाँ समझदारीमा पुगेको कार्यालयले विज्ञप्तिमा जनाएको छ।

नेतन्याहुको कार्यालयले हमासले चार जना बन्धकको शव अर्को हप्ता फिर्ता गर्ने बताएको छ। हमासका एक वरिष्ठ अधिकारी तथा मुख्य हमास वार्ताकार खलिल अल-हयाले एक टेलिभिजन सम्बोधनमा चार शव बिहीबार हस्तान्तरण गर्ने पुष्टि गरे।

Deep Jyoti Pustak psl
Loading...