सृजनशील युवा क्लबको ‘स्पोट्र्स लिग सुरु

कैलालीको गोदावरी नगरपालिका अत्तरियाको सृजनशील युवा क्लवको आयोजनामा ‘स्पोट्र्स लिग’ खेल उत्सव सुरु भएको छ । सोमबार क्लबले चौथो संस्करण विभिन्न मैत्रीपूर्ण खेल प्रतियोगिताहरू सञ्चालन गरेको हो । जस अन्तर्गत क्रिकेट, फुटबल र भलीबल रहेका छन् ।
प्रतियोगिताको उद्घाटन गोदावरी नगरपालिका ३ का वडाध्यक्ष तेजराज अवस्थीले गरेका हुन् । सोमबार देखी सञ्चालन भएको मैत्रीपूर्ण खेल ‘स्पोट्र्स लिग’ चैत १ गते सम्म संचालन हुने भएको छ । खेल गोदावरी नगरपालिका भित्र रहेका पर्यटकीय स्थलहरुको टीमहरुको नामबाट प्रवद्र्धन गरिएको छ भने ८ टिमहरूको नाम सिवाईसी गोदावरी धाम, सिवाईसी हाटखोली गाजरी, सिवाईसी दोगडे फुलबस्ती, सिवाईसी लामिताल, सिवाईसी भल्का धाम, सिवाईसी बुढीतोला जिरो पोइन्ट, सिवाईसी नायल ताल, सिवाईसी मछेली खोला रहेका छन् ।
क्लबका उपाध्यक्ष शर्मानन्द भट्टले यस वर्ष देखि निरन्तरता दिँदै खेल टिमहरूको नामलाई स्थानीय पर्यटकीय स्थलसँग सम्बन्धित गरी पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागी पुनःनामकरण गरिएको बताए । केही वर्षदेखि सञ्चालन गर्न नसकिएको खेललाई पुनः निरन्तरता दिन क्लबले यसै वर्षदेखि सक्रिय रूपमा खेल गतिविधि सञ्चालन गरिएको बताए । उनले खेलकुदमार्फत गोदावरी नगरपालिकाका पर्यटकीय क्षेत्रहरूलाई चिनाउने प्रयास भइरहेको साथै खेल क्षेत्रको प्रवद्र्धनसँगै पर्यटनको विकास गर्ने उद्देश्यले क्लबले महत्वपूर्ण भूमिका निर्वाह अपेक्षा राखिएको बताए ।

खेलकुद प्रतियोगिताले नयाँ पुस्तालाई खेलमा जोड्न सहयोग गर्ने विश्वास लिइएको साथै विशेष गरी युवालाई लक्षित गर्दै, समाजमा बढ्दै गएको लागूऔषध दुव्र्यसन तथा अन्य नकारात्मक क्रियाकलाप नियन्त्रण गर्न पनि यसले योगदान दिने अपेक्षा गरिएको छ । खेलहरुमा क्रिकेट खेल गोदावरी नगरपालिका वडा नं ३ चौकीडाँडा सामुदायीक बनमा रहेको खेलमैदानमा भइरहेको छ साथै फुटबल, भलीबल क्लबको खेलमैदान गरिने छ ।
प्रतियोगितामा २ लाख पुरस्कार राशि राखिएको छ । २०५४ सालमा स्थापना भएको क्लवले स्थापना काल देखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

Dhangadhi 2081
Loading...