काठमाण्डाै : नेपाली युवा टोलीले पहिलो अभ्यास खेलमा दिल्लीको १९ वर्षमुनिको टोलीलाई ५ विकेटले हराएको छ ।
दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपाली युवा टोलीले ३१ ओभरमा ५ विकेट गुमाएर भेटायो । नेपालका अमर मिश्रले २७, रोशन विश्वकर्माले नटआउट २५ रन बनाए । दिल्लीका अमन चौधरीले २ विकेट लिए ।
यसअघि वीरगञ्जमा टस जितेर ब्याटिङ गरेको दिल्लीले २३ ओभर ३ बलमा ९५ रन बनाउँदा सबै विकेट गुमायो । दिल्लीका सार्थक पलले २९ रन बनाए । नेपालका सिबरिन श्रेष्ठ र अपराजित पौडेलले ३/३ विकेट लिए ।
यो जीतसँगै नेपाली युवा टोलीले तीन खेलको ५० ओभरको अभ्यास खेलमा १–० को अग्रता लिएका छ । दोस्रो अभ्यास खेल बिहीवार हुनेछ ।
