काठमाडौं : काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू लगाइएको छ । राजावादी प्रदर्शनकारी अराजक बनेपछि काठमाडौं प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
राजावादी उग्र भएर व्यक्तिको घर तोडफोड तथा आगजनीमा उत्रिएपछि थप अप्रिय घटना हुन नदिन कर्फ्यू लगाइएको काठमाडौंका सहायक प्रजिअ अशोककुमार भण्डारीले जानकारी दिए ।
उनका अनुसार शान्तिनगर पुलदेखि जुडिबुटी, मनोहरा पुल, सिनामंगल–गौशलासम्म कर्फ्यू आदेश जारी गरिएको छ ।
यस्तै सरकारले उपत्यकाको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेपछि नेपाली सेना सडकमा निस्किएको छ । शुक्रबार राजावादीहरूले तीनकुने क्षेत्रमा उदण्ड मच्चाएपछि सरकारले तीनकुने क्षेत्रमा १० बजेसम्मका लागि कर्फ्यू लगाएको छ ।लगत्तै सेना सडकमा देखिएको हो ।
