काठमाण्डाै : राजसंस्था पुनर्स्थापनाका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा प्रसाईंले आफू काठमाण्डौमै रहेको बताएका छन् ।
फेसबुक लाइभमै आएर प्रसाईंले आफू ज्यान जाेगाउनका लागि काठमाण्डाैकाे एक मन्दिरमा लुकेर बसेकाे र नभागेकाे बताएका हुन् ।
प्रदर्शनका क्रममा सरकारले आफूलाई मार्ने योजना बनाएकोले प्रहरीको घेरा तोडेर भागेको प्रसाईंकाे दाबी छ । शुक्रवार तीनकुनेमा भएकाे राजावादीकाे हिंसात्मक झडपपछि उनी फरार भएका थिए ।
भिडियो
