काठमाडौँ : नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन् ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
शनिवार राति उनलाई कपनस्थित निवासबाटै पक्राउ गरिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
