अत्तरियाको डीडीसीमा लफडा: प्रमुख १ घण्टा कार्यकक्षमै थुनिए, कार्यालयमा तालाबन्दी

अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) धनगढी सार्ने सम्झौता गरिएपछी स्थानीय डीडीसी कार्यालय पुगेका छन । स्थानीयले गुपचुप सार्ने सम्झौता गरेको भन्दै बिहिवार कार्यालयमा पुगेपछि लफडा भएको हो ।

अत्तरियामा डीडीसीका लागि जमिन कम भएकाले नगरप्रमुख सहितको स्थानियहरुको टोलिले डीडीसीका प्रमुख निराजन भट्टराई संग छलफल गरेको थियो।

छलफलमा जग्गा खोजी गर्ने भन्दै गोदावरी नगरपालिका-१ का वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको संयोजकत्वमा कार्यदल गठन गरिएको भएपनि उक्त समितिले डीडीसीका लागि अत्तरियामै जमिन खोज्ने प्रकृया अघि बढिसकेका बेला सुटुक्क सार्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका हुन ।

जग्गा खोज्न बनेको कार्यदलका संयोजक सहित स्थानीय कार्यालयमा पुगेका थिए । स्थानीयले सार्ने सम्झौता माग गरेका छन् तर, कार्यालयले सम्भौता पनि नदेखाएको संयोजक भट्टले बताए । उनले सुचनाको हक प्रयोग गर्दै सुचना माग गरिएको भए पनि आनाकानी गरिएको बताए ।

स्थानियले डीडीसीका कार्यालय प्रमुखलाई १ घण्टा कार्यकक्षमै थुने

स्थानीयले अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी)का कार्यालय प्रमुख का प्रमुख निराजन भट्टराईलाई कार्यकक्षमै थुनेर नाराबाजी गरेका थिए । डीडीसी धनगढी सार्ने चलखेल गरिरहेको भन्दै स्थानियहरुले भट्टराइलाइ करिव एक घन्टा कार्यकक्ष भित्रै थुनेका हुन् । डीडीसीका लागि अत्तरियामै जमिन खोज्ने प्रकृया अघि बढिसकेको अवस्थामा र जग्गाको जोहो भैसकेको अवस्थामा पनि डीडीसीका प्रमुखको मिलेमतोमा धनगढी सार्ने सम्झौता भैसकेको सुन्नमा आएकाले पहिलो दिन प्रमुखलाइ एक घण्टा जति कार्यकक्षमा नै थुनेको संयोजक गोपाल दत्त भट्टले बताए । उनले आगामी आर्थिक वर्षभित्रमा डीडीसीका लागि जमिन लिखित रुपमै दिने प्रतिवद्दता ब्यक्त गर्दै नमानेको खण्डमा थप आन्दोलनका कार्यक्रमहरु गरिने समेत बताए ।

डीडीसीको कार्यालयमा तालाबन्दी

अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी)को कार्यालयमा तालाबन्दी गरिएको छ । आज स्थानियहरुको समुहले डीडीसी धनगढी सार्न लागिएको भन्दै कार्यालयमा तालाबन्दी गरेको हो । त्यस अघि डीडीसीका कार्यालय प्रमुख भट्टराईलाई स्थानियहरुले कार्यकक्षमै थुनेका थिए । संयोजक गोपाल दत्त भट्टसहितको टोलिले डीडीसी कार्यालयमा तालाबन्दी गरेको हो । डीडीसीका लागि जग्गा खोजिको प्रकृया चलिरहदा पनि कसैलाइ जानकारी नै नदिइ सार्ने सम्झौता गरिसकेकाले कार्यालयमा तालाबन्दी गरिएको भट्टले बताए ।

Deep Jyoti Pustak psl
Loading...