अत्तरिया : टिकटक स्टार ह्यारी कार्कीद्धारा अभिनित ‘मेरा कञ्चनपुर’ बोलको नयाँ देउडा डिजे गित सार्वजनिक भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा डोटेली भाषामा छोटो कमेडीे भिडियो बनाएर भाईरल भएका कार्कीले अभिनय गरेको उक्त देडा डिजे गित शुक्रबार सार्वजनिक भएको हो ।
उनले आफ्नै युट्युब च्यानलबाट गित सार्वजनिक गरेका हुन् । कार्कीकै शब्द रहेको गितमा कुलेन्द्र परियारको लय तथा स्वर रहेको छ । उक्त गितको भिडियोमा कार्कीसंगै मन्नु भट्ट, विनय चन्दले अभिनय गरेका छन् ।
रमेश बिजुली बिसीको निर्देशन तथा कोरियाग्राफी रहेको भिडियोमा सम्पादन शंकर साउँद र छायांकन दया चौधरीले गरेका छन् । कैलाली कञ्चनपुरका रमणिय स्थल महेन्द्रनगर, टिकापुर पार्क, कर्णाली चिसापानी, लगायतका स्थानमा छायाँकन गरिएको गितको भिडियोको दृष्य निर्माण भने जुम प्रोडक्सनले गरेको छ ।
सामाजिक सञ्जालमा कमेडियनका रुपमा परिचत समेत रहेका कार्कीले बिभिन्न देउडा गितमा अभिनय गरेका छन् ।
हेर्नुहोस् भिडियो
