अत्तरियामा रास्वपाद्धारा हस्ताक्षर कार्यक्रम आयोजना

अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरी नगर समितिले अत्तरियामा हस्ताक्षर कार्यक्रम सञ्चालन गरेको छ । रास्वपाले रबी लामिछाने माथि भएको राजनीतिक प्रतिशोध विरुद्ध शनिबार हस्ताक्षर कार्यक्रम आयोजना गरेको हो ।

रास्वपा गोदावरी नगर समिति सभापति दीपक ओझाले पार्टी स्थापना भएको तीन वर्ष पुरा भएर चौथो वर्षमा प्रवेश गरेको अवसरमा रबी लामिछाने माथि भएको प्रतिशोधका विरुद्धमा आम सर्वसाधारण सँग हारगुहार गर्दै हस्ताक्षर कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनले रबी लामिछाने गलत भए फैसला हुनुपर्ने र गलत नभए जनताको सेवा गर्न दिइनुपर्ने बताउँदै जनताको साथका लागि हस्ताक्षर कार्यक्रम गरिएको बताए । उनले हस्ताक्षर गरिएको ब्यानर जिल्ला प्रशासन कार्यालयमा बुझाउने बताए ।

Deep Jyoti Pustak psl
Loading...