डडेल्धुरा : डडेल्धुरा जिल्लाको आलिताल गाउंपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । आलिताल गाउंपालिका वडा न। ७ राउजाली घरभएका २२ बर्षिय राजेस बिष्टको मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक गगन सिंह भांटले बताएका छन ।
शनीबार साझ करिब ६ बजे बिष्ट करेन्ट लागेर बेहोस भएका थिए । उनलाई उपचारका लागी जोगबुडा अस्पताल लगिएको थियो तर बिष्टको अस्पताल पुग्नु भन्दा पहिला नै मृत्यु भइसकेको जोगबुडा अस्पतालले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।