आज कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौँ : आज कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ ।गएराति कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षा भएको हो । अहिले पनि कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ ।

बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली छ । मधेश प्रदेशका एकदुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

राति देशभर साधरणतया बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशभर मनसुन सक्रिय रहँदा कोशी र सुदूरपश्चिम प्रदेशकामा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...