बुबा (गजल) – पुष्प राज जोशी

पुष्प राज जोशी,महेन्द्रनगर

एउटै घरका दाजुभाई नि छुटे हेर्दाहेर्दै !
एकअर्काका खुशीहरु ति टुटे हेर्दाहेर्दै !!

Krishnapur,Kanchanpur

कहिल्यै नछुट्ने वचन दिएका थे आमालाई ;
खै त्यो वचन तोड्न आज जुटे हेर्दाहेर्दै !!

आमालाई बडारानी बनाई राख्ने सपना थियो ;
बुहारी भित्रेसंगै सिसाझै सपना टुटे हेर्दाहेर्दै !!

बुबाको देहवसान पश्चात् टुहुरा भएका हामी ;
आमाको सौभाग्य दैवले लुटे हेर्दाहेर्दै !!

बुबा र संगी सधै डोर्याउने कुरा गर्थे ;
थामेन बुबाको हात सधैलाई छुटे हेर्दाहेर्दै !!

Dhangadhi Upamahanagar
Loading...