राष्ट्रिय युवा परिषदमा अत्तरियाका धामी सहित तीन नयाँ केन्द्रीय सदस्यले लिए सपथ

काठमाडौं : राष्ट्रिय युवा परिषदको केन्द्रीय समितिमा तीन नयाँ सदस्य थपिएका छन् । सुदूरपश्चिम प्रदेशबाट जय धामी, ओखलढुंगाबाट प्रसन्न ढुंगेल तथा काठमाडौंबाट संगिता श्रेष्ठले शुक्रबार परिषद्का केन्द्रीय सदस्यका रूपमा औपचारिक रूपमा सपथ ग्रहण गरेका हुन् ।

युवा तथा खेलकुद मन्त्री बाबुल गुप्ताको कार्यकालमा उनीहरूलाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको हो। नवनियुक्त सदस्यहरू आ-आफ्नो क्षेत्रमा युवा नेतृत्व विकास, सामाजिक सक्रियता तथा उद्यमशीलता प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएका व्यक्तित्वका रूपमा चिनिन्छन् ।

नवनियुक्त केन्द्रीय सदस्यहरूले आगामी दिनमा युवा सशक्तीकरण, उद्यमशीलता विकास तथा युवा-मैत्री नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Deep Jyoti Pustak psl
Loading...