कैलालीमा बेवारिसे अवस्थामा काठ बरामद

कैलाली : कैलालीमा गोप्य सूचनाका आधारमा प्रहरीले बेवारिसे अवस्थामा रहेको साल जातको काठ बरामद गरेको छ।

हिजोे साँझ ७ : ४० बजे जिल्ला कैलालीको भजनी नगरपालिका–९ पहलवान नजिकै कान्द्रा नदीको किनारबाट इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले साल जातको गोलिया काठ ९ थान (५८.६ क्युफिट) फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएको काठको अन्दाजी मूल्य रु. ७२ हजार ५ सय ७६ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। काठ बेवारिसे अवस्थामा फेला परेकाले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सब डिभिजन बन कार्यालय पचमोडीया, कैलाली को जिम्मा लगाइएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...