सेनानी संघको प्रचार प्रसार समिति संयोजकमा भन्डारी

अत्तरिया : आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघका तर्फबाट कैलाली क्षेत्र नं. ४ मा प्रचार प्रसार समितिको संयोजकमा प्रेम राज भन्डारी मनोनित भएका छन ।

नेपाल प्रजातन्त्र सेनानी संघको केन्द्रिय कार्यसमिति ले भन्डारीलाई कैलाली क्षेत्र नं. ४ को प्रचार प्रसार समिती संयोजकमा मनोनित गरेको हो ।

संघका अध्यक्ष बालकृष्ण दाहाल र महामन्त्री गोपाल गिरीद्वारा संयुक्त रुपमा हस्ताक्षरित मनोनयन पत्रमा फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई बिजयी गराउने गरि प्रचार प्रसार गर्न भनिएको छ ।

Deep Jyoti Pustak psl
Loading...