खैरो हेरोइनसहित धनगढीमा एक युवक पक्राउ

कैलाली : धनगढी उपमहानगरपालिका–१० सिमलघाट क्षेत्रबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।

बिहीबार साँझ अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा धनगढी उपमहानगरपालिका–८ बस्ने २१ वर्षीय उमेश रानाको साथबाट ८६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाएको छ।

बरामद गरिएको पदार्थसहित उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Deep Jyoti Pustak psl
Loading...