कैलालीमा माघ महिनामा ३९ जना लागुऔषधसहित पक्राउ

कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीले माघ महिनामा सम्पन्न गरेका गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ।

कार्यालयका अनुसार उक्त अवधिमा लागुऔषध सम्बन्धी ३२ वटा मुद्दा दर्ता गरिएको छ। लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ३९ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा १ महिला र ३८ पुरुष रहेका छन्।

प्रहरीका अनुसार ४९ ग्राम ७५० मिलिग्राम खैरो हेरोइन तथा ९३३ थान विभिन्न किसिमका लागुऔषध ट्याब्लेट बरामद गरिएको छ। यसैगरी, मदिरा नियन्त्रण अभियानअन्तर्गत १०० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध दुव्र्यसन रोकथाम तथा नियन्त्रणका लागि माघ महिनाभर ५२ वटा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

Deep Jyoti Pustak psl
Loading...