अत्तरियामा शिवजयन्तीको अवसरमा स्नेह मिलन कार्यक्रम

अत्तरिया : कैलालीको अत्तरियामा शिवजयन्तीको अवसरमा स्नेह मिलन कार्यक्रमको आयोजना गरिएको छ ।

अत्तरियामा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयले शिवजयन्तीको अवसर पारी शिवध्वजारोहण एवम् स्नेह मिलन कार्यक्रमको आयोजना गरेको हो । विद्यालयकी सञ्चालीत ब्रम्हकुमारी रबिनाको सभापतित्वमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी सांसद तुलसी देवकोटा प्रमुख अतिथि रहेकी थिईन ।

कार्यक्रममा बोल्दै देवकोटाले स्नेह मिलन कार्यक्रमले सबैलाई एकआपसमा जोड्ने काम गरेको बताईन । उनले धार्मिक कार्यक्रमहरुले आपसी भाईचाराको सम्बन्ध बलियो बनाउने र एकअर्काबिचको मनमुटावलाई मेटाउने काम गर्ने बताईन ।

कार्यक्रममा भजनकृतन, नाचगान तथा धार्मिक प्रवचन लगायतका क्रियाकलापहरु गरिएका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै धार्मिक आस्था राख्ने स्थानियहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा शिवजयन्तीको अवसरमा केक काटिएको थियो भने शिवध्वजारोहण पनि गरिएको थियो । त्यसबाहेक पहिलो पटक विद्यालयमा भगवान शिवको मुर्ति राखिएको थियो ।

जसको अनावरण शिवरात्री पर्वकै अवसरमा आयोजित कार्यक्रममा गरिएको थियो ।

Deep Jyoti Pustak psl
Loading...