कैलालीमा भरुवा बन्दुक बरामद

कैलाली : कैलाली जिल्लामा बेवारिसे अवस्थामा रहेको एक नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

जिल्लाको मोहन्याल गाउँपालिका–७ नालकोट स्थित नेपाने जंगलको बाटो नजिकैको झाडीमा लुकाइएको अवस्थामा उक्त बन्दुक फेला परेको हो।

आइतबार ईलाका प्रहरी कार्यालय लम्की बाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा भरुवा बन्दुक बरामद गरेको जनाएको छ।

बन्दुक कसले र किन त्यहाँ राखेको भन्ने विषय खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...