धनगढीमा भन्सार छलिका सामान बरामद

कैलाली : सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१० सिमलघाट क्षेत्रबाट भन्सार छलि गरी भारतबाट अवैध रूपमा भित्र्याइएका करिब दुई लाख रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।

Dhangadhi_Tihar 2083

आइतबार दिउँसो अस्थायी प्रहरी पोष्ट जुगेडा बाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा राखिएका स्टेपलाइजर र एक थान मोटरसाइकलसहित अन्दाजी मूल्य २ लाख बराबरका सामान फेला पारेको जनाएको छ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Loading...