अत्तरियामा रहेको लोटस आई स्कुलको २७औँ वार्षिकोत्सव समारोह सम्पन्न

अत्तरिया : कैलालीको अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।

मंगलबार एक औपचारीक कार्यक्रमसँगै सुरु भएको विद्यालयको वार्षिकोत्सव समारोह बुधबार औपचारीक कार्यक्रमकै बिच सम्पन्न भएको हो । विद्यालयका संस्थापक गिरीराज कडायतको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।

कार्यक्रममा बोल्दै उनले लोटस आईले शैक्षिक क्षेत्रमा धेरै ठुलो प्रगती गरेको आफूले पाएको बताए । उनले शिक्षाक्षेत्रमा प्रगती हुनु एकदमै राम्रो कुरा भएको समेत बताए । उनले अन्य क्षेत्रको विकासका लागि पनि शिक्षा क्षेत्रको विकास हुन जरुरी रहेको प्रष्ट पारे । बुधबार नेपालका चर्चित मोटिभेटर क्षेत्र प्रसाद ज्ञवालीले विद्यायको वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका थिए ।

विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई समेटेर पहिलो दिन वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको हो । बिहिबार भने कक्षा ६ देखी १२ सम्मका विद्यार्थीहरुलाइ समावेश गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा कक्षा ६ देखी माथीका विद्यार्थीहरुका विभिन्न प्रस्तुतीहरु राखिएका थिए भने विभिन्न व्यक्तिहरुलाई सम्मान तथा विद्यार्थीहरुलाई पुरस्कार दिने कार्य पनि गरिएको थियो । विद्यालयका प्रिन्सिपल मान बहादुर ऐरले विद्यायको समग्र शैक्षिक तथा बाह्य वस्तुस्थितिको बारेमा जानकारी दिएका थिए ।

Loading...