काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज कैलालीको धनगढीमा ‘परिवर्तन उद्घोष सभा’ नाममा चुनावी सभा आयोजना गरेको छ ।
सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायतले सम्बोधन गर्नुभएको छ । सभामा बोल्दै रास्वपाको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका वरिष्ठ नेता शाहले आफू भोटभन्दा पनि काम माग्न सुदुरपश्चिम आएको बताउनुभयो । नेपाल आफैँ सुन्दर रहेको उल्लेख गर्दै उहाँले माल पाएर चाल नपाएको बताउनुभयो ।
यस्तै पार्टी सभापति रवि लामिछानेले आफूहरू खुद्रामा कुरा गर्न नभएर एकै पटक सबै बदल्न आएको जिकिर गर्नुभयो । सिंहदरबार बनाउनेभन्दा पनि बदल्न जरुरी रहेको उहाँको भनाइ छ ।