राजीपुर-बालुवागडा-खनैया ताल सडक पहिलो प्राथमिकता: उपमहासचिव भट्ट

अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) का उम्मेदवार लेखराज भट्टले चुनावी प्रचारप्रसार अभियानलाई तीब्र बनाउँदै लगेका छन् । उनले घरदैलो अभियानसँगै मतदाता भेटघाट, पार्टी संगठन परिचालनलाइ ब्यापक रुपमा अघि बढाउँदै लगेका छन् ।

एमाले उप-महासचिवसमेत समेत रहेका भट्टका लागि उनको क्षेत्र नयाँ होइन् । उनी सो क्षेत्रबाट दुईपटक सांसदमा निर्वाचित भइसकेका व्यक्ति हुन् ।

प्रचारप्रसारका क्रममा आज उनी मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ मा घरदैलोसँगै वडा भेलामा सहभागी भएका छ्न् । उनले जनताको माग अनुसार काम गर्ने प्रतिवद्धतासहित मतदातासँग मतदान गर्न आग्रह गरे ।

खास गरी उम्मेदवार भट्टले सुरुवात गरेको राजीपुर-बालुवागडा-खनैया ताल सडक आफ्नो पहिलो प्राथमिकता रहेको बताए । जनताको माग पनि त्यही थियो प्रचार प्रसार विभाग सदूरपश्चिम प्रदेशका प्रमुख भागरथी विष्टले भनिन त्यसलाई हामीले पूरा गर्छौ ।

उनले भनिन् ‘भट्ट एमालेका मात्रै नेता होइनन्, समग्र सुदूरपश्चिमका नेता हुन् । त्यसैले उहाँको जितमा कुनै शंका छैन । जनताले फेरी एक पटक उहाँलाई उहाँले गरेको कामको मूल्यांकन गर्नुहुन्छ भनेका छन् ।’

सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ४ का इन्चार्ज सन्तोष शर्मा थापा लगायत स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको थियो ।

Loading...