अत्तरिया : आज विश्व अहिंसा दिवस, शान्ति, सुरक्षाको कामना गर्दै २ अक्टुबरका दिन विश्वभर विश्व अहिंसा दिवस मनाइने गरीन्छ ।
सन् २००७ मा संयुक्त राष्ट्र संघको महासभाले भारत स्वतन्त्रतामा योगदान पुर्याएका महान व्यक्तित्व महात्मा गान्धीको जन्मोत्सवको अवसर पारेर २ अक्टुबरलाई विश्व अहिंसा दिवस घोषणा गरेको थियो ।
विश्व अहिंसा दिवसका लागि सहमति जनाएका विश्वका १९३ देशले सन् २००८ देखि यो दिवस मनाउँदै आएका छन् ।महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराउन अहम् भूमिका निर्वाह गरेका थिए ।
नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।