धनगढी : कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा श्रीमान श्रीमतीको मृत्यु भएको छ ।
कैलालीको कैलारी गाउँपालिका-५ बजैपुर स्थित ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार कैलारी गाउँपालिका-५ बस्ने ६० वर्षीय कलसु चौधरी र उनकै श्रीमती ७० वर्षकी सेतानु चौधरीको वुधवार राति मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका दुवै जनालाई सेती प्रादेशीक अस्पताल धनगढी लगिएकोमा सेतानु चौधरीलाई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको र कलसु चौधरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गोरु गाढमा बाँधिएको एक वटा गोरु मरेको छ भने एउटा गोरु घाईते भएको छ । ट्रक र ट्रक चालक धनगढी उपमहानगरपालिका-३ बोराडाँडी बस्ने ३३ वर्षीय रुबिन थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।