धनगढी : कैलालीको धनगढीमा चाङ्गन डीपल स्वरुम सञ्चालनमा आउने भएको छ । MAW Vriddhi Autocorp Pvt. Ltd. अन्तर्गत धनगढी क्षेत्रका लागि चाङ्गनको आधिकारिक डिलर ग्लोबल प्रा.लि.ले धनगढी-१३, राजपुरमा नयाँ शोरुम उद्घाटनसँगै बहुप्रतीक्षित विद्युतीय एसयूभी चाङ्गन NEVO Q05 सार्वजनिक गर्ने भएको हो ।
असोज २६ गते (सोमबार)बिहान शोरुम उद्घाटन र सोही दिन साँझ NEVO Q05 को औपचारिक सार्वजनिक कार्यक्रम आयोजना गरिनेछ । ग्राहकले असोज २६ देखि २९ गतेसम्म धनगढीस्थित डीपल शोरुममा सञ्चालन हुने चारदिने टेस्ट ड्राइभ क्याम्पमार्फत गाडीको प्रत्यक्ष अनुभव लिन सक्नेछन् ।
चाङ्गनको नयाँ ऊर्जा सवारीसाधन लाइनअपअन्तर्गत रहेको NEVO Q05 मा आधुनिक डिजाइन, उन्नत प्रविधि र दैनिक प्रयोगका लागि आवश्यक सुविधाहरू समावेश छन् । सहरी यात्राका लागि उपयुक्त आकार र फराकिलो केबिन रहेको यस गाडीको ह्विलबेस २ हजार ७३५ मिलिमिटर छ । पछाडिका सिट ढल्काउन मिल्ने सुविधा र ५४० लिटर क्षमताको बुट स्पेसले यसलाई पारिवारिक यात्राका लागि समेत उपयोगी बनाएको छ ।
चाङ्गनको विश्वव्यापी डिजाइन नेटवर्कमार्फत विकसित NEVO Q05 मा आकर्षक बाह्य बनावट, विशिष्ट लाइटिङ र वायुगतिकीय डिजाइनलाई प्राथमिकता दिइएको छ । यस मोडलले प्रतिष्ठित Golden A’ Design Award समेत प्राप्त गरेको छ । चाङ्गनको विश्वव्यापी डिजाइन नेतृत्वमा Volkswagen Group का पूर्व डिजाइन प्रमुख तथा चाङ्गनका ग्लोबल डिजाइन उपाध्यक्ष क्लाउस जिचियोरा (Klaus Zyciora) पनि रहेका छन्।
प्रविधितर्फ NEVO Q05 मा ५१.९ किलोवाट आवर क्षमताको CATL लिथियम आइरन फस्फेट (LFP) ब्याट्री तथा चाङ्गनको Golden Shield 2.0 ब्याट्री प्रविधि प्रयोग गरिएको छ । यसले 3C फास्ट चार्जिङ समर्थन गर्नुका साथै अधिकतम १६२ किलोवाट क्षमताको डीसी चार्जिङ सुविधा दिन्छ। उपयुक्त अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
१२० किलोवाटको विद्युतीय मोटरबाट सञ्चालित यस गाडीले NEDC परीक्षण चक्रअनुसार एकपटकको पूर्ण चार्जमा ४६२ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ किलोवाट आवर रहेको छ । यी विशेषताले NEVO Q05 लाई दैनिक आवतजावतदेखि लामो दूरीको यात्रासम्मका लागि उपयुक्त विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरेका छन् ।
कम्पनीका अनुसार सन् २०२६ अगस्टको अन्त्यसम्म चीनमा NEVO Q05 को कुल बिक्री १ लाख २५ हजार युनिटभन्दा बढी पुगेको छ । आकर्षक डिजाइन, आधुनिक प्रविधि र व्यावहारिक सुविधाका कारण यसले चिनियाँ बजारमा उल्लेखनीय सफलता हासिल गरेको बताइएको छ ।
धनगढीमा नयाँ शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिमका ग्राहकले चाङ्गनका विद्युतीय सवारीसाधनसम्बन्धी सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । शोरुमले सवारीसाधन बिक्री, ग्राहकसँगको अन्तरक्रिया तथा बिक्रीपछिको सेवा उपलब्ध गराउनेछ।
चाङ्गन अटोमोबाइलबारे
चाङ्गन अटोमोबाइल चीनका प्रमुख तथा लामो औद्योगिक इतिहास भएका सवारीसाधन उत्पादकमध्ये एक हो । China South Industries Group Corporation अन्तर्गतको सरकारी स्वामित्वको यस कम्पनीसँग १६० वर्षभन्दा बढीको औद्योगिक विरासत रहेको छ । विश्वका १०० भन्दा बढी देशमा उपस्थिति रहेको कम्पनीले १८ हजारभन्दा बढी इन्जिनियरको विश्वव्यापी जनशक्तिमार्फत स्मार्ट मोबिलिटी, नयाँ ऊर्जा प्रविधि र आगामी पुस्ताका सवारीसाधनको विकासमा काम गर्दै आएको छ।
MAW Vriddhi Autocorp Pvt. Ltd. बारे
MAW Vriddhi Autocorp Pvt. Ltd. नेपालमा चाङ्गन अटोमोबाइल तथा यसका DEEPAL, NEVO र AVATR ब्रान्डहरूको आधिकारिक वितरक हो । कम्पनीले विस्तार हुँदै गएको डिलरशिप तथा सेवा सञ्जालमार्फत नेपाली ग्राहकलाई उन्नत प्रविधि, नवीन डिजाइन र आधुनिक मोबिलिटी समाधान उपलब्ध गराउँदै आएको छ ।
ग्लोबल प्रा. लि. बारे
सन् २०८२ मा निर्देशकद्वय कृष्ण देव उप्रेती र हितेश ओझाको नेतृत्वमा स्थापना भएको ग्लोबल प्रा. लि. कैलालीको धनगढी-१३, राजपुरमा अवस्थित छ । धनगढी क्षेत्रका लागि चाङ्गनका DEEPAL तथा NEVO ब्रान्डको आधिकारिक डिलर रहेको कम्पनीले सुसज्जित शोरुम, सवारीसाधन बिक्री तथा बिक्रीपछिको सेवामार्फत सुदूरपश्चिमका ग्राहकलाई विश्वसनीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
