‘नृत्य मञ्च–२०८३’ को विजेता बनिन् इशीका

अत्तरिया : कैलालीको अत्तरियामा आयोजित विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता ‘नृत्य मञ्च–२०८३’ को विजेता गोदावरी पब्लिक स्कुलकी इशीका पूजारा बनेकी छन् ।

अडिसन राउन्ड, मेगा राउन्ड, कोरियोग्राफी राउन्ड, क्वार्टरफाइनल र सेमिफाइनल चरण पार गर्दै १२ जना प्रतिस्पर्धी ग्रान्ड फिनालेमा पुगेका थिए। शनिबार सम्पन्न ग्रान्ड फाइनलमा विजेता बनेकी पूजाराले नगद २० हजार १०५ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन् ।

यस्तै द्वितीय हुनेमा सत्यवती एकेडेमीकी विधार्थी रिजुम बि क भएकी छिन् भने उनलाई नगद १५ हजार १०५ नगद सहित सम्मान गरिएको छ। यस्तै तृतीय स्थान हासिल गर्न सफल पुष्पाञ्जलि आवासिय विद्यालयका विद्यार्थी प्रितम बोहरालाई रु. १० हजार १०५ पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको थियो।

द डान्स सर्कल र गुरुकुल डान्स एन्ड फिटनेस स्टुडियोको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा कैलाली र कञ्चनपुरका २४ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो।

Loading...