गोदावरीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत गौतम, पालिकाद्वारा स्वागत

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ । नगरपालिकामा सोमबारदेखी हाजिर भएका प्रमुख प्रसासकिय अधिकृत श्रीधर गौतमलाई पालिकाले स्वागत गरेकोे हो ।

प्रमुख प्रसासकिय अधिकृत गौतमलाई नगरपालिकाका नगर प्रमुख बीरेन्द्र भट्ट, उपप्रमुख शारदा देवी रोकाया, वडाअध्यक्ष लगायत कर्मचारीहरुले स्वागत गरेका हुन् ।

सोमबारबाट गौतमले गोदावरी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । गौतम वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सरुवा भएर गोदावरी नगरपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएका हुन् ।

यस अघि नगरपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडीको बर्दियाको गुलरियास्थित भूमि व्यवस्थापन कार्यालयमा सरुवा भएर गएका छन् ।

Loading...