पुष्प राज जोशी,महेन्द्रनगर
सुन्दर कुराहरुलाई तिरस्कार गर्नेछन्
जब स्वार्थ र झुटहरुमा गद्दार गर्नेछन् ।

निकै नजिक आए कोहि आफ्ना बनी
सोचिएन आफ्नैले सिमा पार गर्नेछन् ।
पैसा केही होइन भन्छौ तिमी अझैपनि
मान्छे धनसम्पत्ती हेरि ब्यवहार गर्नेछन् ।
बिना जानकारी लिनेछन् लिने नाफा
जसले बिना स्वार्थ खबरदार गर्नेछन् ।
