गोदावरीमा लोटस आई क्रिकेट कप प्रतियोगीता शुरु,उद्घाटन खेलमा सैनिक आवाशिय महाविद्यालयको विजयी सुरुवात
अत्तरिया : कैलालीको गोदावरीमा लोटस आई क्रिकेट कप प्रतियोगीता शुरु भएको छ । अत्तरिया क्रिकेट क्लबको आयोजनामा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बिच आज (बुधबार) गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्टले उद्घाटन गरेका छन् ।
क्लबका अध्यक्ष दिपेन्द्र गौतमको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्ट प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा. नरेन्द्र ऐर, लोस आई अग्रेजी माध्यमिक विद्यालयका सञ्चालक गिरीराज कडायत, खेलकुद परिषद् सुदूरपश्चिमका सदस्य दुर्गा अधिकारी लगायतको सहभागीता रहेको थियो ।
यही असोज २६ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा कैलाली र कञ्चनपुरका ८ वटा विद्यालयहरुको सहभागीता रहेको छ । टि–२० फम्र्याटमा हुने प्रतियोगीताको प्रथम टिमले नगद रु. १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद रु. ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त छन ।
प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद रु. ५/५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
यसैगरी प्रतियोगीतामा उदयीमान खेलाडीलाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको बताइएको छ । प्रतियोगीता सञ्चालन पश्चात आउने नाफाको ३० प्रतिशत खेलाडीको खेल विकासमा र २० प्रतिशत अत्तरियामा रहेको अपांगता भएका बालबालिका अध्ययनरत सुप समावेशी आधारभुत विद्यालयलाई प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको खेलमैदानमा भैरहेको छ ।
उद्घाटन खेलमा सैनिक आवाशिय महाविद्यालय विजयी
उद्घाटन खेलमा सैनिक आवाशिय महाविद्यालयले विजयी सुरुवात गरेको छ । अत्तरिया क्रिकेट क्लबको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगीताको उद्घाटन खेलमा लोटस आई अंग्रेजी माध्यमिक विद्यालयलाई ७६ रनले पराजित गर्दै सैनिक आवाशियले प्रतियोगीतामा विजयी सुरुवात गरेको हो ।
टस हारेर व्याटिङ को निम्तो पाएको सैनिक आवाशियले १९.५ ओभरमा सबै विकेट गुमाउदै १११ रन बनाउन सक्यो । सैनिकका लागि ओपनर सुशिल चन्दले ४६ रनको पारी खेले ।
उनकै पारीका कारण सैनिकले निर्धारित २० ओभरमा सम्मानजनक स्कोर बनाउन सकेको थियो । चन्द बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो स्कोर बनाउन सकेका थिएनन् ।
बलिङमा लोटस आईका आर्यन बोगटीले २ ओभर बलिङ गरेर ३ विकेट लिएका थिए । यस्तै योगेश खातीले ४ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर २ विकेट लिए । ११२ रनको सामान्य लक्ष्य पाएको लोटस आई ११.३ ओभरमा सबै विकेट गुमाउदै ३५ रनमा समेटियो ।
लोटस आईका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा सैनिक आवाशियका सुशिल चन्दले ४ विकेट लिए । उनले ४ ओभरमा १२ रन खर्चिएका थिए ।
त्यस्तै प्रेम बोहराले २ ओभरमा ८ रन खर्चिएर ३ विकेट लिए । ब्याटिङ र बलिङमा उत्कृष्ट प्रर्दशन गरेका सैनिक आवाशियका खेलाडी सुशिल चन्द खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार र ट्रफि प्राप्त गरे । प्रतियोगीतामा बिहिबार दुई ओटा खेल हुने आयोजकले जनाएको छ ।
बिहिबारको पहिलो खेल बिहान ९ बजे सत्यवती एकेडेमी र दुर्गालक्ष्मी नमुना मावि तथा दिउँसो साढे १ बजे ज्योती सेकेण्डरी स्कुल र जेके सेकेण्डरी स्कुल बिच हुने भएको छ ।
