सुदूरपश्चिममा ‘फारवेष्ट ट्यालेन्ट हन्ट’ आयोजना गरिने

अत्तरिया: सुदूरपश्चिम प्रदेशलाई लक्षित गरि ‘फारवेष्ट ट्यालेन्ट हन्ट’ आयोजना गरिने भएको छ । असोज २७ गते देखि सुदूरपश्चिमका नौ वटै जिल्लामा अडिसन गरेर ‘फारवेष्ट ट्यालेन्ट हन्ट’ आयोजना गर्न लागिएको हो ।

सुदूरपश्चिमकै ८ जना युवाहरुको टिमले आयोजना गर्न लागेको ‘फारवेष्ट ट्यालेन्ट हन्ट’ मा कार्तिक ४ गते सम्म ९ वटै जिल्लामा अडिसन गरिने सहभागि छनोट गरिने छ । अडिसनबाट छनोट गरिएकालाई सहभागि गराई टास्क सो आयोजना गरिने संयोजक प्रिन्स क्षेत्रीले बताए ।

अडिसनबाट फरक किसिमको ट्यालेन्ट भएकालाई छनोट गरिने उनले बताए । ‘सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा पछाडि भएकाले यसलाई केही कुरामा भएपनि अगाडि ल्याउन प्रतियोगिता आयोजना गरिएको हो ।

यस क्षेत्रमा धेरै ट्यालेन्ट छुपेका छन । त्यसलाई बाहिर निकाल्न प्रतियोगिताले मदत गर्ने छ’ उनले भने ‘यसमा सबै किसिमका ट्यालेन्ट हेरिने छ । यसमा फिजिकल, मोटलिङ, ब्युटी ब्रेनको कम्बिनेसन हेरिने छ ।’

पोखरा र धनगढीमा हुन टास्क सो का लागि प्रत्येक जिल्लाबाट बढीमा ५ जना छनोट गरिने जनाइएको छ । अडिसनमा १६ देखि २३ वर्ष उमेर समूहकोले मात्रै सहभागि हुन पाउने छन ।

यसमा छनोट भएकाहरूलाई एक जना टिम लिडरले गाइड गरेर तालिम दिने छ । अडिसन लेबलबाट छनोट भएकालाई १० दिन पोखरामा र १० दिन धनगढीमा बिभिन्न टास्क दिएर सहभागीबाट विजेता छनोट गरिने संयोजक क्षेत्रीले बताए ।

२० दिन चल्ने यस इभेन्टमा १० दिन तालिम दिइने र १० दिन १२ वटा टास्क दिएर उत्कृष्ट सहभागि छनोट गरिने बताइएको छ ।

सुदूरपश्चिममा पहिलो पटक आयोजना गर्न लागिएको दावी गरिएको प्रतियोगितामा १२ लाख खर्च हुने अनुमान गरिएको संयोजक क्षेत्रीले बताए । इभेन्टका लागि जजको छनोट गर्न भने बाँकी रहेको जनाइएको छ ।

‘फारवेष्ट ट्यालेन्ट हन्ट’ मा उत्कृष्ट हुनेलाई १ लाख पुरस्कार दिइने संयोजक क्षेत्रीले बताए । ‘ट्यालेन्ट भएर पनि पछाडि परेका युवालाई अगाडि ल्याउन प्रतियोगिता आयोजना गरिएको हो । यसमा उत्कृष्टलाई १ लाख पुरस्कार दिइने छ’ उनले भने ‘उत्कृष्टलाई देश विदेशमा पनि विभिन्न अवसर दिइने छ ।’

उनले इभेन्ट दशैँ तिहारलाई लक्षित गरी आयोजना गर्न लागिएको बताए । उनले भने ‘पढाइमा डिस्टर्ब नहोस् भनेर दशैँ बिदाको अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।’

Dhangadhi 2081
Loading...