देउडा गित झमाझम को भिडियो सार्वजनिक (भिडियो सहित)

धनगढी : चर्चित देउडा गायिका गौरी भट्ट र देउडा पारखी शेरबहादुर बोहराको ‘देउडा झमाझम’ नामक देउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित देउडा गायिका भट्ट र बोहराको स्वरमा रहेको गितको म्युजिक भिडियो सौगात ओझा युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

मौलिक पन झल्कने देउडा गितको गायक स्वयम शेर बोहरा र रेखा देबि बोहराको उत्कृष्ट लय,शब्द रहेको छ, भने उक्त गितको सङ्गीत सृजना भुमीराज थापाले गरेका छन ।

रमेश बिजुली बिसिको निर्देशनमा रहेको उक्त देउडा गितमा झरना बोहरा, अनु खड्का, शेरबहादुर बोहरा, सौगात ओझा र शारदा बोहराले अभिनय गरेका छन ।

Loading...