काठमाण्डौ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा फुलहमले आर्सनललाई २–१ गोलले हरायो ।
१३औँ स्थानमा रहेको फुलहमले चौथो स्थानमा रहेको आर्सनललाई हराएको हो ।फुलहमको २० खेलमा २४ अङ्क छ भने आर्सनलको २० खेलमै ४०अङ्क छ । अर्को खेलमा टोटनहमले बर्नमाउथलाई ३–१ गोलले हरायो ।
२० खेलमा ३९ अङ्ककासाथ टोटनहम पाँचौँ स्थानमा छ । १९ खेलमा २५ अंककासाथ बर्नमाउथ १२औँ स्थानमा छ । पहिलो स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अंक रहेको छ ।
