परशुराममा राष्ट्रपति रनिङ सिल्डको दोस्रो दिन, भुवनेश्वरी नमुना को अग्रता कायमै

अत्तरिया : स्वास्थ्यका लागि खेलकुद,राष्ट्र लागि खेलकुद भन्ने मुलनाराका साथ‌ चलीरहेको डडेल्धुरा को परशुराम नगरपालिकामा नगर स्तरिय राष्ट्रपति रनिङ सिल्डको आज दोस्रो दिन २५ ओटा स्वर्ण पदक घोषणा भएका छन।

जसमध्ये भुवनेश्वरी नमुना मा.वि. परिगाउँले १३ ओटा स्वर्ण पदक जीत्दै अग्रता कायमै राखेको छ । आज दोस्रो दिनसम्म भुवनेश्वरी नमुना मा.वि. परिगाउँका छात्रछात्रा अमृता चन्द १००मि.दौड र लङ्गजम्प स्वर्ण, बिरेन्द्र भट्टराई सटपट र ज्याभ्लिन थ्रो स्वर्ण, जयन्ती धनाडी सटपट स्वर्ण, माया साउँद १५०० मि. दौड स्वर्ण, विक्रम नाथ लङ्गजम्प स्वर्ण, झरना नाथ तेक्वान्दो स्वर्ण, नविना भट्टराई तेक्वान्दो स्वर्ण, किशोर वि.क. तेक्वान्दो स्वर्ण, प्रिन्स वि.क. तेक्वान्दो स्वर्ण, हेलन बिष्ट तेक्वान्दो पुम्सी स्वर्ण र खगराज बम तेक्वान्दो स्वर्ण जीतेका छन ।

आज दोस्रो दिनसम्मको प्रतियोगिताबाट भुवनेश्वरी नमुना मा.वि. परिगाउँले ५ ओटा रजत पदक जीतेको छ । जसमा ३००० मि. दौड रितु साउँद, सावित्री दमाई तेक्वान्दो,हिमा दानी तेक्वान्दो, उर्मिला बम तेक्वान्दो र सागर बिष्ट ले तेक्वान्दोमा जीतेका हुन । आज दोस्रो दिनसम्मको प्रतियोगिताबाट २ ओटा कास्य पदक पनी भुवनेश्वरी नमुना मा.वि. परिगाउँले हात पारेको छ । जसमा खगेश्वरी बिष्ट २०० मि. दौडमा र खगेन्द्र बिष्टले तेक्वान्दो मा हात कास्य पदक पारेका हुन ।

बिहिबार नगरप्रमुख भरतबडाएर जोशी को सभापतित्व र पुर्व भौतीक पुर्वाधार मन्त्री पठान सिंह बोहराको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्दघाटन गरीएको हो ।

रनिङ शिल्डमा नगरपालीकाका १६ वटा बिद्यालय को सहभागिता रहेको छ ।प्रतियोगिता जीत्ने सम्पुर्ण बिद्यार्थीहरुलाइ विद्यालयले बधाइ ज्ञापन गरेको छ भने विद्यालयका प्रधानाध्यापक डम्बर सिंह थ्वाल र सह प्रधानाध्यापक नरेन्द्र बहादुर शाही ले विद्यालयले यसपाली पनि सिल्ड जित्ने कुरामा पुर्ण विश्वस्त रहेको बताएका छन ।

विद्यालयले विगत ३ बर्ष देखी रनिङ सिल्ड जीत्दै आएको छ ।

Deep Jyoti Pustak psl
Loading...