अत्तरिया : अगामी २६ पुसदेखि अत्तरियामा आयोजना हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवमा स्थानीय कलाकारको वर्चश्व रहने भएको छ ।सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरिने मेला महोत्सवमा स्थानीय कलाकारलाई बेवास्ता गरेको गुनासो बढेका बेला अत्तरियामा भने आयोजकले स्थानीय कलाकारलाई प्राथमिकता दिएको पाइएको छ ।
आयोजक अत्तरिया उधोग वाणिज्य सघका महासचिव शंकर खड्काले विगतका कमी कमजोरी सुधार गर्दै यो वर्ष स्थानीय स्तरका कलाकारलाई पहिलो प्रथमिकतामा राखिएको बताए । उनले सबैभन्दा बढी गुनासो स्थानीय कलाकारहरुको हुने गरेकाले यस पटक आमन्त्रीत कलाकार भन्दा बढी अर्थात करिब ८० प्रतिशत बढी स्थानीय कलाकारलाई समावेश गरिएको बताए ।
‘अझै केही स्थानीय कलाकारहरु छुटेका पनि हुन सक्नेछन् हामी सबैलाई समेट्न प्रयास गर्नेछौं,’ उनले भने, ‘यस पटक समावेश हुन नसकेका अन्य कलाकारलाई आगामी दिनमा पक्कै सम्झिनेछौ ।’ स्थानीय उत्पादन, स्थानीय कला, सस्कृती, भेषभुषा, रहनसहनकै लागि आयोजना गरिएको मेला भएकाले सबैलाई सम्मान सहित प्रथमिकतामा राखिएको महासचिव खड्काले बताए । पुस २६ वाट माघ ७ गते सम्म संचालन हुने महोत्सवमा आउने कालकारहरुको नाम सार्वजनिक गरिएको छ ।
जसमा हास्यकलाकारद्धय सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), गायिका शान्ति श्री परियार, प्रिती आले, एलिना चौहान, रचना रिमाल, प्रिती आले, गायक प्रमोद खरेल, पुष्कल शर्मा, हिमाल सागर, चक्र बम, टंक तिमिल्सिना, सुरेश चोखाल ,चेतन बोहरा आउने छन् ।
यस्तै देउडा गायक भुवन दाहाल, लाल बहादुर धामी (अछामी बड्डो), दिपेन्द्र दाहाल, कृष्ण बिक, टेक बोगटी, नरेश जोगी, सुमन ताम्राकार, मनिष खडका, शेर कैनी, टेक बिसी, सौगात ओझा, कृष्ण र्याउले, देउडा गायिका डिक्रा देवी बादी, गायिका अनिता चौलाउने, सृजना खत्री रहने छन् ।
यस्तै हास्य कलाकारहरु हेम अधिकारी (खन्टेखलास) र भिम बिष्ट अछामी रेखा, गायक डिबि निरंकारी, मेघजंग कडायत, अमृत नाथ, रेस विसी, रमेश मल्ल, गायिका सपना शाही, शुसिला कार्की, मोडल टिका जैशी, दुर्गा भट्ट, रोजी कुवँर, रुविना अधिकारी, अस्मीता पुरी, आभा, आस्मा भण्डारी लगायतका कलाकारहरु रहेका छन् ।
आयोजक अत्तरिया उद्योग वाणिज्य संघका सदस्य तथा कलासंस्कृति संयोजक रमेश भट्टराईले यसमा केही थपघट हुनसक्ने बताए । उनले महोत्सबको लगभग तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।