भोलि सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ ।

सुदूरपश्चिममा मनाइने भुवा पर्वको अवसरमा प्रदेश सरकारले भोलि २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

Loading...