धनगढीबाट लगूऔषधसहित संजय र हरिश पक्राउ

धनगढी : कैलालीको धनगढीबाट लगूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१ लालीपुल नजिकबाट १ ग्राम ४२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित धनगढी उपमहानगरपालिका–१ का ३० वर्षीय संजय चौधरी र गौरीगंगा नगरपालिका–८ का २९ वर्षीय हरिश चौधरी बिहीवार राति पक्राउ परेका हुन्।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Loading...